अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ, छोरीको नाम ‘आयंका’

263

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । श्रीमान् आयुष्मान देसराजसँगै बसेर छोरीलाई काखमा राखेको फोटो सेयर गर्दै उनले यसबारे जानकारी गराएकी हुन् ।

छोरीलाई संसारमा स्वागत गर्दै उनले लेखेकी छन्,“हाम्री प्यारी परी । यो संसार अनि हाम्रो (आयुष्मान र प्रियंका) जीवनमा स्वागत छ तिमीलाई ।”

उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन् । छोरीको थरमा आफ्नो र श्रीमान् आयुष्मान देसराज जोशी दुवैको थर राख्दै ‘आयंका कार्की जोशी’ लेखेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...