नवनियुक्त परराष्ट्रमन्त्री खड्काको शपथ दिउँसो १ बजे

342

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले बुधबार शपथ लिने भएका छन् । उनले दिउँसो १ बजे पद तथा गोपनियताको शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भाण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयमा दिउँसो १ बजे शपथ ग्रहण समारोह आयोजना गरिने जनाकारी दिए ।

सरकारले बुधबार नै नेपाली कांग्रेसका नेता डा.खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको थियो ।

सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका हुन् ।

सरकारले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति भण्डारीलाई पठाएको थियो । मन्त्रालयको कार्यभार सम्हालेर मन्त्री खड्का बुधबार नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...