काठमाडौँ । नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ ।
मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचिमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश जबराको इजलासमा राखिएको हो ।
यसअघि भदौ २५ गते रिट प्रधानन्यायाधीश राणाकै इजलासमा पेसीमा चढेको भएपनि निवेदकको मागका आधारमा सुनुवाइ सरेको थियो ।
शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गरेका छन् । यसअघि भएको सुनुवाइमा इजलासले दुवैको नियुक्तिीसम्बन्धी आवश्यक दस्तावेजहरु झिकाएको थियो ।
शाक्यले आफ्नो नियुक्ति ४ वर्षका लागि भएको भन्दै सरकारले बीचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन् ।
सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गरेको थियो ।