छत्रपाटी निःशुल्क चिकित्सालयले सुरू गर्‍यो डिजिटल मेसिनबाट सेवा

379

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ मा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिने भएको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्क्षय तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले आज चिकित्सालयमा उक्त एक्सरे मेसिनको उत्घाटन गरे । डा.कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र व्यवस्थित हुने बताए । चिकित्सकले पनि यो मेसिनको प्रयोगले आफूले त्रुटि गरे नगरेको अध्यन गर्न पाउने बताए । उनले समुदायसँग जोडिएको यस्ता किसिमको चिकित्सालय उदाहरणीय भएको बताए ।

चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले अन्य ठुला अस्पतालले हालै प्रयोग गर्न थालेको यस मेसिन आफ्नो चिकित्सालयले पनि प्रयोग गर्न सक्षम भएकोमा खुसी व्यक्त गरे ।

सामुदायिक अस्पतालहरुमध्ये छत्रपाटी निःशुल्क चिकित्सालयले पहिलो डिजिटल एक्सरे मेसिन प्रयोग भएको पनि बताए । “अहिले कोभिडको समयमा हामीले यो अत्याधुनिक प्रणालीलाई जोड दिँदै विशेष प्राथमिकतामा राखेका हौँ । यस दौरान अस्पताललाई नयाँ स्वास्थ्य सामग्री थप गरी वार्डहरु थप गर्नसमेत सक्षम भएको छ । दैनिक १०० सिलिन्डर क्षमतको अक्सिजन प्लान्टसमेत छिट्टै निर्माण हुन लागेकोमा यसलाई सुखद मान्नु पर्छ,” डा. श्रेष्ठले भने ।

यसैगरी काठमाडौँ महानगरपालिकाको २ करोड ५० लाख सहयोगमा चिकित्सालयको नयाँ भवन बन्ने सो कार्यक्रममा डा.श्रेष्ठले जानकारी दिए । नयाँ एक्सरे मेसिन चिनियाँ मेंद्रे कम्पनीले निर्माण गरेको हो । मेंद्रे कम्पनीले यस अघि २ वटा यस्तै एनेस्थेसिया मेसिनलगायत स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...