प्रदेश २ का ११ जना सांसद्ले गरे लोसपामा सनाखत

355

जनकपुरधाम । जनता समावादी पार्टी (जसपा)का ११ जना प्रदेशसभा सांसद्ले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गराएका छन् । बुधबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर ११ जना सांसद्ले लोसपाको पक्षमा सनाखत गराएका हुन् ।

सांसद् जितेन्द्र सोनालको नेतृत्वमा ११ सांसद्ले बुधबार सनाखत गरेका हुन् । लोसपासँग हाल २२ सांसद् छन् ।

प्रदेशसभा सांसद् सोनालका अनुसार जसपाबाट १४ जना सांसद् खुलेर लोसपामा रोजेका हुन् । जितेन्द्र सोनाल, अभिराम शर्मा र डिम्पल झा अर्को दिन सनाखत गराउने पार्टीको आन्तरिक तयारी छ । सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसद्को पछि सनाखत हुने सोनालले बताए ।

जसपा एकीकृत हुँदा पूर्वसमाजवादी फोरमका ३० र राजपाका २५ गरी ५५ सांसद् थिए ।

Share This:
सम्बन्धित खबर
Loading...