मन्त्री शाहीलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गर्न नयाँ शक्ति पार्टीको माग

177

सुर्खेत । नयाँ शक्ति पार्टी कर्णाली प्रदेश समितिले भूमि व्यवस्था,सहकारी तथा कृषिमन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

पार्टीका कर्णाली प्रदेश संयोजक कर्ण बहादुर बुढाले आइतबार प्रेस वक्तव्य जारी गर्दै बलात्कार जस्तो संगीन आरोप लागिसकेका कारण तत्काल बर्खास्त गरेर निष्पक्ष छानबिन अगाडि बढाउन आग्रह गरेका छन् ।

पत्रकारहरुलाई राज्य शक्तिको दुरुपयोग गरेर ज्यान मार्ने धम्की दिनु अपराधिक मनोवृति रहेको नयाँ शक्तिको ठहर छ ।

नयाँ शक्तिले पत्रकारहरुलाई सुरक्षा प्रदान गर्न, उक्त घटनाको निष्पक्ष छानबिनका लागि दवाव दिन र सचेततापूर्वक सबै प्रकारका अन्याय, विभेद र कुशासनविरुद्ध लड्न अपिल गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...