अफगानिस्तान रहेका नेपालीको उद्धारमा सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् : प्रचण्ड

385

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि अविलम्ब प्रभावकारी कादम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत धारण सार्वजनिक गर्दै उनले एसियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममप्रति आफू र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

“यस आपातकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्,” प्रचण्डले फेसबुकमा लेखेका छन् ।

उद्धारका लागि आफ्नो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि प्रचण्डले उल्लेख गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...