यस्ता छन् पानी पिउनुका फाइदा

457

काठमाडौं । पानीबाट जीवनको कल्पना गर्न पनि सकिँदैन । तर, पानी कुन समयमा कति मात्रामा पिउने भन्नेबारे सबैलाई पिरोलिरहेको हुन्छ । कतिपय मानिस प्यास मेटाउन मात्र पानी पिउने गर्छन् । कोही बिहान प्रशस्त मात्रामा पिउँछन् भने कोही रातिको समयमा पनि पानी पिएर सुत्ने गर्छन् ।

पानीसम्बन्धी गरिएका विभिन्न अनुसन्धानका रिपोर्टकाअनुसार प्यास लागेर मात्र पानी पिउनु स्वास्थ्यलाई पाइदा हुँदैन । बिहान र साँझको समयमा पानी पिउँदा स्वास्थ्यलाई निकै फाइदा हुने विज्ञहरुले बताएका छन् ।

अनुहारको छालासम्बन्धी समस्या भएकाहरुले भने बिहानको साथसाथै राति सुत्नुअघि एक गिलास मनतातो पानी पिउँदा फाइदा हुन्छ । सुत्नुअघि एक गिलास मन तातो पानी पिउँदा छालाको समस्या हटेर जानुका साथै छालासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

बाथरुम जानुपर्ने झनझटले प्रायजसो मानिस राति सुत्नुअघि पानी पिउँदैनन् । यसो गर्नु स्वास्थ्यका लागि फाइदाभन्दा बढी हुन्छ । सुत्नअघि नियमित पानी पिउँदा राम्रोसँग निद्रा लाग्नुका साथै छालासम्बन्धी रोग लाग्दैन ।

दिनमा कति पानी पिउँने ?
स्वस्थ व्यक्तिले दिनमा २ वा ३ लिटर पानी पिउनुपर्छ । एकजना वयस्क व्यक्तिले शरीरबाट दिनमा लगभग साढे दुई लिटर पानी गुमाउँछ । पसिना, श्वास र दिसापिसाबको माध्यमबाट पानी खेर जानेगर्छ ।

पानीको आवश्यकता व्यक्तिपिच्छे फरक हुन्छ । त्यसै पानीको मात्रा जीवनशैलीमा पनि भर पर्छ । धेरै शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्ने र एसी भएको ठाउँमा काम गर्नेलाई दैनिक दुईदेखि साढे दुई लिउर पानी भए पुग्छ । शारीरिक श्रम पर्ने काम गर्ने सेल्सपर्सनजस्ता पेसामा भएकालाई भने तीन लिटर जिच पानी जरुरत पर्छ ।

समयअनुसार शरीरमा पानीको आवश्यकता पर्छ । गर्मी महिनामा बढी र नियमिति पानी पिइरहनुपर्छ । बिहान उठ्नेबित्तिकै सकेसम्म धेरै पानी पिउन राम्रो मानिन्छ । शारीरिक व्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाले धेरै पानी पिउनुपर्छ । स्तनपान गराइरहेकी आमाले आफू र बच्चालाई स्वस्थ राख्न पनि प्रशस्त पानी पिउनुपर्छ ।

शरीरलाई चाहिनेभन्दा बढी पानी पिउँदा मिर्गौला सुनिन्ने र शरीरलाई चाहिने खनिजहरुको घनत्व घटेर शरीरलाई नकरात्मक असर पर्न सक्छ । त्यसैले ठीक समयमा सही मात्रामा पानी पिउनु आवश्यक छ ।

पानी पिउँनुका पाँच फाइदा
डिप्रेसनबाट छुटकाराः विभिन्न अनुसन्धान रिपोर्टअनुसार शरीरमा पानीको कमीले डिप्रेसन हुने सम्भावना बढी रहन्छ । यसो हुँदा निद्रा गडबड भइ व्यक्तिमा नराम्रो असर पर्छ । त्यसैले राति सुत्नुअघि एक गिलास मनतातो पानी पिउँदा शरीरमा पानीको मात्रा ठीक हुन्छ ।

विकार तत्वहरु बाहिर निकाल्छः नियमित मनतातो पानी पिउँदा शरीरको तापक्रम बढ्छ । जसले गर्दा शरीरबाट प्रशस्त मात्रामा पसिना निस्कन्छ । पसिना निस्कदा रगतको सन्तुलन ठीक रहनुका साथै शरीरमा भएका विकार तत्वहरु बाहिर निस्कन्छन् । यसैले रातिको समयमा मनतातो पानी पिउनु जरुरी छ ।

पाचनको काम गर्छः मनतातो पानीले खाना पचाउनमा ठूलो सहयोग गर्छ । रातको समयमा दिनकोभन्दा शरीरको पाचन शक्ति कमजोर हुन्छ । त्यसैले रातको समयमा गरम पानी पिउँदा पाचकको काम गर्छ ।

तौल घट्छः नियमित तातो पानी पिउँदा अनावश्यक तौल बढ्दैन । तौल घटाउन अधिकांश व्यक्ति बिहान तातो पानी पिउने गर्छन् । तर। छिटो तौल घटाउनु छ भने दिनमा दुईपटक तातो पानी पिउनुहोस् ।

चाउरी पर्दैनः कतिपयको अनुहारको छालामा उमेर नपुुग्दै चाउरी देखिन थाल्छ । चाउरी आउन नदिन प्रशस्त मात्रामा पानीको साथसाथै झोलिलो कुरा पिउनुपर्छ । बिहान र राति सुत्नुअघि तातो पानी पिउँदा पेट सफा हुनुका साथै चाउरीबाट छुटकारा पाउन सकिन्छ ।
-एजेन्सीको सहयोगमा

Share This:
सम्बन्धित खबर
Loading...