कक्षा १२ को परीक्षा निर्धारित मितिमै, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

345

काठमाडौं । कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा आकस्मत स्थगित भएको भनेर आएको खबरले हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सोमबार कोरोना संक्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । तर, बोर्डले भौतिकरुपमै परीक्षा गर्ने जनाएको छ ।

बोर्डले आउँदो साउन ३१ गतेदेखि परीक्षा गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ । परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न उनको आग्रह छ ।

यसवर्ष परीक्षामा झन्डै ३ लाख ८६ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...