काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुला घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दार्चुला घटना दुःखद भएको भन्दै उचित छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।
समिति सभापति पबित्रा निरौलाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर दार्चुलाका जयसिंह धामीको मृत्यु भएको विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिइन् ।
समिति सदस्यहरुले नेपाल भारत सीममा नेपालीमाथि हुने घटनाहरु निन्दनीय रहेको भन्दै यसको दीर्घकालिन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए ।