पाकिस्तान ७ विकेटले विजयी

428

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको दोस्रो टी–२० खेलमा पाकिस्तान ७ रनले विजयी भएको छ । जितसँगै पाकिस्ताले ४ खेलको टी–२० श्रृंखलामा १–० को अग्रता लिएको छ ।

गुयानामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ निर्धारित २० ओभरमा १ सय ५७ रन बनाएको थियो । १ सय ३४ रनको स्थितिमा ३ विकेट गुमाएको पाकिस्तानले बाँकी २३ रन जोड्दा पाँच विकेट गुमाएको थियो ।

पाकिस्तानका लागि बाबर आजमले ५१, मोहम्मद रिजवानले ४६, शर्जिल खानले २० तथा फखर जमानले १३ रनको योगदान दिए ।

१सय ५८ रनको मध्यम लक्ष्य पाएको वेष्ट इन्डिजले पूरै ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।

पहिलो ओभरमा नै ओपनर आन्द्रे फ्लेचरलाई गुमाएको वेष्ट इन्डिजका निकोलास पूरनले ६२, इविन लुइसले ३५, शिम्रोन हिट्मेयरले १७, क्रिस गेलले १६ तथा किरोन पोलार्डले १३ रन जोडे पनि टोलीलाई जित दिलाउने सकेनन् ।

पाकिस्तानका मोहम्मद हाफिज, हसन अली, मोहम्मद वासिम जुनियर र शाहीन अफ्रिदीले समान एक–एक विकेट लिए ।

जितसँगै पाकिस्तानले ४ खेलको टी–२० सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो खेले वर्षाका कारण रद्द भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...