भारतीय पक्षले भन्यो– एसएसबीले तुइन काटेको छैन

214

काठमाडौं । दार्चला जिल्लाको व्यास गाउँपालिका–२ मा रहेको मालघाटमा नेपाली युवालाई तुइनबाट महाकाली नदीमा खसेका घटनामा आफ्ना सीमा रक्षकको संलग्नता नभएको भारतीय पक्षले बताएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन् ।

मालघाटबाट भारत तर्फबाट सदरमुकाम आउँदै गर्दा एसएसबीले तुइन काटिदिएपछि वैदेशिक रोजगारका लागि हिँडेका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

भारत पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत भएको जनाएका छन् ।

भारतीय पक्षले उक्त स्थानमा सीमा सुरक्षा बल पुग्नु अघि नै घटना भएको बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...