‘मिस एन्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने

382

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ ।

स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिबेला अडिसन भइरहेको छ । पहिलो अडिसन बाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भएका छन् ।

मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्पार्कल इन्टरटेन्मेन्ट अध्यक्ष अम्बिका अर्यालले बताइन् । प्रतियोगिताको अन्तिमस्पर्धा भदौ १९ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुँदै छ ।

विवाहअघि र विवाहपछि पनि करियरलाई थप मद्धत पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको स्पार्कलका उपाध्यक्ष सुनिला केसी र कोषाध्यक्ष प्रमिला प्रधानंगले बताइन् ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण दिइने छ । त्यस क्रममा उनीहरूलाई कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइने छ । यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसीप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइने छ। अश्विनीकान्त झा अफिसियल कोरियोग्राफर रहेको यो प्रतियोगिताको मुख्य जजमा रुवी राणा र प्रियारानी रहेकी छन् ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्यापर प्रदान गरिनुका साथै म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै विजेता कोरियन ब्राडको द सिम नेपालको एम्बेसडर बन्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...