काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप (आदेशसहित)

449

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ ।

यसअघि जारी भएको निषेधाज्ञाको समयसीमाको अवधि आइतबार सकिएपछि उपत्यका तीन (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले भोलि (सोमबार)देखि साउन २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...