प्रदेश २ सरकारमा सहभागी माओवादीका दुई मन्त्रीले लिए शपथ

190

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारमा नेकपा (माओवादी केन्द्र)बाट सहभागी दुईजना मन्त्रीले पद तथा गोपनीयतको शपथ लिएका छन् ।

शनिबार प्रदेश प्रमुख डा.राजेश झा‘अहिराज’ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुबी कर्णलाई राज्यमन्त्री पदमा शपथ गराएका हुन् ।

संसदीय दलका नेता साह महोत्तरी–१ ९ख०बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् भने सप्तरीकी कर्ण समानुपातिक सांसद् हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपालका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहलाई राजीनामा गर्न लगाएका हुन् ।

जसपा अध्यक्ष यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...