प्रत्यक्ष निर्वाचित सरकार प्रमुखका लागि जनमतसंग्रह वा संविधान संसोधन गरौँ : किरण

467

सुर्खेत । नयाँ शक्ति पार्टीका संयोजक रविकिरण हमालले लोकतन्त्रलाई उन्नत बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

बिहीबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै जनताप्रति जिम्मेवार सरकार निर्माण गर्न जनतालाई प्रत्यक्ष मतदानको अधिकार दिनुपर्नेमा उनले जोड दिए ।

संविधान संसोधन वा जनमतसंग्रहमार्फत शासकीय स्वरुपलाई बदल्नुको विकल्प नरहेको किरणले जिकिर गरे ।

किरणले भ्रष्टाचार नियन्त्रण गर्न लोकपाल गठन गर्न समेत माग गरेका छन् । शक्तिशाली लोकपाल गठन गरेर सबै प्रकारका भ्रष्टाचार र बेथिति छानबिन गर्नुपर्ने उनको राय छ ।

Share This:
सम्बन्धित खबर
Loading...