‘महिला स्वास्थ्य समस्यासम्बन्धी जनचेतनामूलक कार्यक्रम’

369

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा बिहीबार चारदिने ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धी जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा सो संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई महिला स्वास्थ्य सम्बन्धमा विविध जानकारी प्रधान गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण गर्दै नेपाल एपिएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी समाधान गर्नु पहिलो उपचार रहने हुनाले सो बारेमा यथेष्ट जानकारी हासिल गर्न सकिएमा स्वस्थ्य जीवनयापनमा सघाउ पुग्ने बताइन् ।

उनले महिला स्वास्थ्यमा पाठेघर तथा स्तनमा हुनसक्ने सानो समस्याले गर्दा पनि क्यान्सर हुने सम्भावना बढी रहने हुनाले ती रोगहरुबाट बच्न अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा प्रकाश पारिन् । उक्त कार्यक्रम आगामी सोमबारसम्म सञ्चालन हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...