कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

351

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का गतिविधिबारे बुधबार संम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएको सिसिएमसीले जनाएको छ ।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शंकर वैरागीलगायत उच्च पदाधिकारी उपस्थित थिए ।

Share This:
सम्बन्धित खबर
Loading...