काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले कोरोना उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता तत्काल दिन माग गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेको नेता शर्माले शनिबार सामाजिक सञ्जालमार्फत सरकारले कबुल गरेको जोखिम भत्ता उनीहरुलाई दिन माग गरेका हुन् ।
अग्रपंक्तिमा खटिएर कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले सरकारबाट जोखिमभत्ता नपाएको गुनासो बढ्न थालेपछि शर्माले यस्तो माग गरेका हुन् ।
“कोरोना महामारीमा जनताको जीवनरक्षा गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस्,” उनले फेसबुकमा लेखेका छन् ।
सरकारले कोरोना भइरस महामारीमा खटिने स्वास्थ्यकर्मीलगायत जनशक्तिलाई प्रोत्साहन स्वरुप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो ।