आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतलिका

224

काठमाडौं । निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनको कार्यातालिका सार्वजनिक गरेका छ ।

तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० गते उम्मेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

यसैगरी, दोस्रो चरणको मतदानका लागि असोज ३१ गते र कात्तिक उम्मेदवारी मनोनयन गर्ने, र कात्तिक ५ गते उम्मेदवार अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख रहेको बताइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा गते जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

जसअनुसार आगामी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको मतदान हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...