काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले बाढीपहिरोलगायत विपद्मा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा उनले उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका हुन् ।
साथै, उनले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिए ।
गृहमन्त्री पौडेलले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि भन्दै बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने बताए ।