खेलाडीको मासिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपति पुनको ध्यानाकर्षण

259

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले खेलकुदको विकासका लागि पूर्वाधार पहिलो सर्त भएको बताएका छन् ।

बुधबार ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वाधारको विकास विना खेल क्षेत्रको विकास नहुने बताएका हुन् ।

उपराष्ट्रपति पुनले खेलाडीलाई दिइने आर्थिक सुविधा निरन्तर नभएको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराए । उनले भौतिक पूर्वाधारसहित नियमित अभ्यास गर्न मिल्ने भौतिक संरचना भए अन्तर्राष्ट्रिय क्षेत्रमा खेलाडीले देशको नाम चम्काउन सक्ने बताए । उहाले कोरोना महामारीको समयमा समेत खेल क्षेत्रले अतुलनीय प्रगति गरेको भन्दै प्रशंशा समेत गरे ।

उनले खेल क्षेत्र पनि कोरोना महामारिबाट अछुतो नरहेकाले यसबाट बच्न र बचाउन कोरोनाविरुद्धका नियमहरु पालना गर्नु आजको आवश्यकता भएको बताए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वमा तीन पिलरको काममा गरिरको बताए । उनले मुभ, लर्न र डिस्कभरि गरी तीन आधारमा ओलम्पिक गतिविधि भइरहेको जानकारी दिए ।

श्रेष्ठले खेल अनुशासनका लागि आग्रह गर्दै यस क्षेत्रलाई मर्यादित बनाउनु आजको आवश्यकता रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...