हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

576

मार्तडी । जिल्लाको जगन्नाथ गाउँपालिका–४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकोप्टरमार्फत् उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जगन्नाथ–४ की २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।

महिलाको पहिलो बच्चा पाउने बेला अप्रेसन भएको र अहिले बच्चा पाउन कठिनाइ भएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको सिफारिसमा हेलिकोप्टरमा नेपालगञ्ज लगिएको प्रजिअ अधिकारीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...