गण्डकीमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति, दुवै जना सांसद मन्त्री बन्ने

627

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनता समजवादी पार्टीका दुर्व सांसद्लाई मन्त्री बनाउन सहमत भएका छन् ।

पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ ।

गण्डकी प्रदेशमा रहेका जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् भने धनमाया पोखरेल लामा मन्त्री बन्न बाँकी छ ।

मुख्यमन्त्री पोखरेलले जसपासँग गरेको ४ बुँदे सहमतिमा सबै दलबाट २–२ जना सदस्य रहनेगरी उच्चस्तरीय संयन्त्र बनाउने, प्रदेशसभा रहेको डबल थ्रेस होल्डको प्रावधान हटाउने र राजनीतिक नियुक्तिहरुमा गठबन्धनको भावना सम्बोधन गर्ने उल्लेख छ ।

सो लिखित सहमति गत असार ४ गते शुक्रबार भएको थियो । सोही दिन मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा विश्वासको मत हासिल गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...