काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् ।
शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दाबी पेस गरेका कांग्रेस संसदीय दलका नेता पोख्रेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसद्को समर्थन छ।