काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धको रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा हुने संवैधानिक इजलासमा राणासहित दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
ि
खतिवडाभन्दा वरीयताक्रममा अगाडि रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना संक्रमणका कारण आइसोलेसमै रहेकाले खतिवडा संवैधानिक इजलासमा परेका हुन् ।
नागरिकता विधेयक संसदमा पारित हुने अन्तिम चरणमा रहेका बेला सरकारले राजनीतिक लाभका लागि अध्यादेश जारी गरेर राष्ट्रहित र संविधानविरुद्ध काम गरेको भन्दै परेको नागरिकता अध्यादेशविरुद्धको रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।