प्रधानमन्त्री ओली आधुनिक नेपालको निर्माताः महेश बस्नेत

208

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले वर्तमान सरकारको पालमा विकासको गतिले तीव्रता पाएको बताएका छन् ।

युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

“केपी ओली आधुनिक नेपालका निर्माता हुनुहुन्छ, तथ्यहरुले पनि यसको पुष्टि गरिरहेका छन्, धमाधम विकास भइरहेको छ,” उनले भने ।

मनमोहन अधिकारी पछिको विकासवादी कम्युनिस्ट नेता केपी ओली नै भएको उनले बताए ।

“मदन भण्डारी र पुष्पलाललाई सिद्धान्तका प्रणेता मानिएझै केपी ओलीलाई आधुनिक नेपाल निर्माण गर्ने कम्युनिस्ट नेता मानिन्छ । केपी ओलीले प्रतिपादन गर्नुभएका राष्ट्रियताका नयाँ सिद्धान्त प्रतिपादन भएर लागु भइरहेका छन्,” नेता बस्नेतले भने ।

भ्रष्टाचार कान्डमा मुछिएका कांग्रेसका नेताले अहिले सरकारलाई सिकाइरहेको भन्दै उनले अब युवासंघले छानबिन गर्नुपर्ने बताए । मुलुक एकढिक्का हुँदन कांग्रेसले नमानेका कारण संसदीय व्यवस्थालाई अवलम्बन गरिएको उनले बताए ।

“अब कांग्रेसले बहुदलीय व्यवस्था छोडेको हो ? लोकतान्त्रिक मूल्य मान्यता छाडेको हो ?, बस्नेतले प्रश्न गरे ।

Share This:
सम्बन्धित खबर
Loading...