सरकारको नेतृत्वकै कारण संविधान र गणतन्त्र गुम्ने खतरा : अष्टलक्ष्मी शाक्य

449

काठमाडौं । नेकपा (एमाले)की नेतृ अष्टलक्ष्मी शाक्यले संविधान धुजा–धुजा बनाउन खोजिएको बताएकी छन् ।

बागमती प्रदेशसभाको प्रि–बजेट छलफलमा बोल्दै शाक्यले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेर अदालत गएर ब्युँताउनुपर्ने अवस्था आएको बताइन् ।

उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीतिर संकेत गर्दै सत्तामा बसेकाबाट संविधान र गणतन्त्र गुम्ने खतरा रहेको बताइन् । “हामीले ल्याएको संविधानलाई अप्ठ्यारो नहोस्,” उनले भनिन्, “आज त्यो अवस्था छैन । संविधान नै धुजा–धुजा पार्ने स्थिति छ । जनप्रतिनिधिको थलो प्रतिनिधिसभा गुमेको अवस्था छ । सत्तामा बसेको नेतृत्वकै कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस् ।”

अहिलेको चुनौती संघीय लोकतान्त्रिक गणतन्त्र कसरी बनाउने, संविधानको रक्षा गर्ने नै भएको उनको ठहर छ ।

Share This:
सम्बन्धित खबर
Loading...