कांग्रेस नेता पौडेलले भने–‘पार्टीलाई बचाउन दुईवटा मात्रै विकल्प बाँकी छ’

199

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पार्टी बचाउने विकल्प साँघुरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसका सन्दर्भमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले वर्तामान समयमा पार्टी बचाउन दुई विकल्प मात्र बाँकी रहेको जिकीर गरे ।

नेता पौडेलले उपलब्ध कियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि तय गर्दै तल्लो तहबाट अधिवेशन गरेर तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने धारणा राखे ।

त्यो गर्न नसकिए अर्को वर्षका लागि नयाँ समिति निर्वाचित गरेर भएपनि पार्टी जोगाउनुपर्ने सुझाव पौडेलले दिए । यसका लागि १३औँ महाधिवेशन प्रतिनिधिहरुलाई प्रयोग गर्न सकिने उनको भनाइ थियो ।

कांग्रेसले देशमा एकसाथ ३ वटा लडाइँ लडिरहेको भन्दै पौडेलले भने,“पहिलो दायित्व कोरोनाबाट जनता बचाउनु हो, दोस्रो संविधान बचाउने जिम्मा पनि कांग्रेसको काँधमा छ । महाधिवेशन हुन नसकेर पार्टी संकटमा परेको छ, पार्टी बचाउनु तेस्रो महत्वपूर्ण जिम्मेवारी हो ।”

Share This:
सम्बन्धित खबर
Loading...