काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अनुदान दिने भएको छ ।
बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।
दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।
During today's phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021