बुद्धका उपदेश मानव जातिको हित, विश्व शान्ति तथा अहिंसाको पक्षमा : प्रधानमन्त्री ओली

299

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका उपदेश मानव जातिको हित, विश्व शान्ति तथा अहिंसाको पक्षमा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुद्ध जयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा भिडियो सन्देश दिँदै हिंसा, अशान्ति, लडाइँ, द्वन्द्व, झगडा, परस्परमा घृणा, द्वेष र नराम्रा सोंच र नराम्रा व्यवहारका विरुद्धमा बुद्धका सन्देशले विश्व समुदायलाई सही मार्गनिर्देशन गरिरहेको बताए । उनले विश्व शान्ति, मानवता, सद्भाव, सहिष्णुता र मानवीय सुख चाहने बौद्धमार्गी तथा विश्व समुदायको आकाङ्क्षाका रूपमा संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि नै यस दिनलाई वैशाख डे का रूपमा मनाउँदै आएको स्मरण गरे ।

उनले सन्देशमा भनेका छन्, “विश्व विभिन्न ठाउँमा तनावग्रस्त छ, द्वन्द्वग्रस्त छ वा द्वन्द्वका सम्भावनाहरूबाट त्रस्त छ । यस्तो अवस्थामा बुद्धका उपदेशहरू, बुद्धका सन्देशहरू र बुद्धको शान्तिवादी दर्शन, मानवतावादी दर्शन, यसको महìव र सान्दर्भिकता कायम रहेको मात्रै होइन, अझ बृद्धि भएको छ ।”

उनले मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासहरूबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न, शान्तिलाई दिगो बनाउन सकिने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...