विपक्षी गठबन्धनको मागः निर्वाचन रोक्न अन्तरिम आदेश, संवैधानिक इजलासमा सुनुवाइ

378

काठमाडौं । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोध तथा संविधानको धारा ७६को उपधारा ५ बमोजिम शेर बहादुर देउवालाई प्रधानमन्त्री घोषणाको माग गर्दै विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालत पुगेका छन् ।

रिटमा कात्तिक २६ र मंसिर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तिरिम आदेशसमेत माग गरिएको छ । त्यस्तो रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने मागसमेत राखिएको छ ।

रिट निवेदनमा प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक काम भन्दै अदालतले परमादेशमार्फत देउवालाई शपथग्रहणका लागि बाटो खुलाइदिनसमेत माग गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...