एमाले बागमती प्रदेशसभाका १४ सदस्यले बुझाए स्पष्टीकरण

392

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यहरुले स्पष्टीकरण बुझाएका छन् ।

स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

बोर्डले नेतृ अष्टलक्ष्मी शाक्यसहित माधव कुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो ।

प्राप्त स्पष्टीकरण अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधान अनुसार कारबाही गरिने मुख्य सचेतक निरौलाले बताए । “उहाँहरुलाई कारबाही गर्ने सम्पूर्ण अधिकार बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ,”उनले भने ।

बोर्डको शनिबार बसेको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, बसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिक्ष्देल, ईन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, कुसुम कुमार कार्की र पार्वती सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...