महन्थ ठाकुर पक्षको निर्णय : उपेन्द्र यादव समूहले गरेको निर्णय मान्य नहुने

644

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले गरेको निर्णय मान्य नहुने जनाएको छ ।

आइतबार काठमाडौंमा बसेको महन्थ पक्षका नेताहरुको बैठकले कोरोना महामारीमा कारण स्थगित गरिएको बैठक अर्को पक्षले एकलौटी ढंगले बोलाएको भन्दै उक्त बैठकले गरेको निर्णय मान्य नहुने निर्णय गरेको हो ।

त्यस्तै, पार्टीले गरेको निर्णय विपरीत बैठक बसेको भन्दै कारबाही गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । बैठकपछि जसपा नेता सुरेन्द्र झाले जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएका बेला अर्को पक्षको कार्यकारिणी बैठक बस्नु उचित नभएको बताए ।

उनले यादव पक्षले पार्टीका नेताहरुलाई कारबाही गर्ने निर्णय गर्नु हास्यास्पद रहेको धारणा राखे । झाले पार्टी विपरीत जानेलाई कारबाही हुने बताए ।

यसअघि शनिबार बसेको जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको कार्यकारिणी बैठकले चार नेतामाथि कारबाही गर्ने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...