नवलपरासी गोलीकाण्डबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

214

नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका–६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो । सोही घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा छन् ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार छानबिन समितिले एक दुई दिनभित्रै स्थलगत छानबिन सुरु गर्नेछ । समितिलाई ७ दिनभित्र घटनाको सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०/६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दाबी छ ।

याे पनि हेर्नुस्

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

Share This:
सम्बन्धित खबर
Loading...