नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

1,178

नवलपरासी । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नवलपरासी पश्चिमका २३ वर्षीय युवक अविनाश राजभरको मृत्यु भएको छ ।

स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुछवल लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए ।

सहिदस्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बटोमै मृत्यु भएको हो ।

बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०÷६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दाबी छ ।

Share This:
सम्बन्धित खबर
Loading...