एमाले कार्यदलको पहिलो बैठक बस्दै

535

काठमाडौं । नेकपा एमालेको विवाद सुल्झाउन गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।

आइतबार गठित कार्यदल सदस्य भीम रावलको स्वास्थ्यमा केही समस्या भएपनि बैठक नसर्ने सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

“धेरै ठूलो समस्या होइन । आँखामा सामान्य समस्या भएको हो । बैठक आजै बस्छ, सर्दैन,” उनले भने ।

उनले समय र स्थानको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए । आजको पहिलो बैठकले पार्टीका समस्या समाधानबारे छलफल हुनेछ ।

वार्ता टोलीमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञावली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

Share This:
सम्बन्धित खबर
Loading...