पार्टीलाई कस्तो बनाउने भन्नेबारे प्रचण्डले मागे राय-सुझव

409

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई कस्तो बनाउने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यकर्तालाई राय–सुझाव मागेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको थप विकासका लागि कार्यकर्ता तथा आम नागरिकका तर्फबाट पनि राय–सुझाव मागेका हुन् ।

‘हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रद्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं सहिद परिवारलगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ । आफ्नो राय सल्लाह सुझाव पार्टीको इमेल ठेगानामा पठाउनु हुन अनुरोध छ,’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...