बाँकेमा २ घन्टाभित्र ५ जना संक्रमितको मृत्यु

345

बाँके । बाँकेमा कोरोना भाइरस संक्रमणबाट २ घन्टाको अवधिमा थप ५ जनाको मृत्यु भएको छ ।

जिल्लो कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार शुक्रबार बिहान साढे १० बजेदेखि दिउँसो १२ः४० बजेसम्म थप ५ जनाको मृत्यु भएको हो ।

दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार बिहान १०ः३० बजे भृत्यु भएको हो ।

बाँकेको खजुरा गाउँपालिका–२ की ५३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहान साढे १० बजे मृत्यु भएको फोकल पर्सन वलीले बताए । उनी वैशाख १९ गते संक्रमित भएका थिइन् ।

यस्तै, कोहलपुर नगरपालिका–२ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहान ११ः३० बजे मृत्यु भएको हो ।

बर्दियाको बासगढी नगरपालिका–५ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ११ः४५ बजे मृत्यु भएको छ ।

वलीका अनुसार सल्यानको सिद्ध कुमाख–४ की ४० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा शुक्रबार १२ः४० बजे मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...