काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले इस्लाम धर्मवलम्बीहरुको पवित्र पर्व इद–उल–फित्रको शुभकामना दिएका छन् ।
देउवाले शुक्रबार शुभकामना दिँदै पर्वले मुलुकमा शान्ति, सद्भाव र सम्वृद्धि ल्याउन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।
सरकारको लापरवाहीले अक्सिजन अभावमा कोरोना संक्रमित बिरामीहरुको मृत्यु भइरहेको आरोप लगाउँदै नागरिक आफैँ सचेत भइ स्वास्थ्य सुरक्षाका मापदण्ड ख्याल गरी भौतिक दूरी राख्दै एकता, विश्वास र प्रेमसाथ चाड मनाउन आग्रह गरेका छन् ।
आइसियू, भेन्टिलेटर र अक्सिजनको व्यवस्थापन गर्न सरकारले नसकेको देउवाको भनाइ छ ।
“सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियू, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ,” देउवाले शुक्रबार विज्ञप्ति निकालेर भनेका छन् ।
