काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट राति १० बजेर १९ मिनेट जाँदा ओलीलाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएकाे छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’ उनकाे प्रधानमन्त्री पदकाे सपथ ग्रहण भने शुक्रबार हुने बताइएकाे छ ।
