नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भए : भट्टराई

650

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताएका छन् ।

बिहीबार साँझ ट्विट गर्दै अध्यक्ष भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताएका हुन् ।

“जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,” उनले लेखेका छन् ।

डा. भट्टराईले सिद्धान्तहीनता, खुराफात, किनवेचमा पतन भएको नेपाली राजनीतिमा केपी शर्मा ओली पुनः चतुर सावित भएको बताएका छन् ।

“सिद्धान्तहीनता, खुराफात, किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्,” उनले भने, “अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं ।”

Share This:
सम्बन्धित खबर
Loading...