काठमाडौं उपत्यकामा थपिए ३ हजार ५६२ संक्रमित, ६७ जनाको मृत्यु

133

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ७ सय ३३, ललितपुरमा ४ सय ८१ र भक्तपुरमा ३ सय ४८ जना संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा ३० हजार ५ सय ८८, भक्तपुरमा ४ हजार ६ सय १४ र ललितपुरमा ६ हजार ७ सय १६ जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६७ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ४७, ललितपुरमा १२ र भक्तपुरमा ८ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...