निर्माणाधीन अरुण तेस्रोको सुरुङभित्र एक मजदुरको मृत्यु

719

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङभित्र एक मजदुरको मृत्यु भएको छ ।

विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका–१२ कञ्चनपुरका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

बुधबार बिहान साढे ८ बजे आयोजनाको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा रहेको सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले रानाको मृत्यु भएको हो ।

घटनामा सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका छन् । घाइते रानाको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...