शितल निवास पुगेर ठाकुर र महतोले भने– अन्य कोही आए वैधता नदिनु

758

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शितल निवास पुगेर फर्किएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा सोभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दिएको समयसीमा नजिकिँदै जादा उनीहरु शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

स्रोतका अनुसार उनीहरुले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।

जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई विपक्षी गठबन्धनलाई सहयोग गर्नुपर्ने अडानमा छन् । ठाकुर समूह भने प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनको पक्षमा छ ।

शितल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा साढे ३ घन्टा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । छलफलमा विपक्षी गठबन्धनलाई बहुमत पुग्न नदिने रणनीतिबारे छलफल भएको थियो ।

राष्ट्रपति भण्डारीले ३ दिनको समय दिएर संविधानको धारा ७६ को उपधार २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेकी थिइन् । उक्त समय बिहीबार राति ९ बजे सकिँदैछ ।

Share This:
सम्बन्धित खबर
Loading...