उदपुरकाे बक्सेमा जिल्ला अदालतको भवन शिलान्यास

191

गाईघाट । उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित जिल्ला अदालत भवनको परिसर नजिकै अत्याधुनिक जिल्ला अदालत भवनको शिलान्यास भएको छ । शनिबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले एक औपचारिक कार्यक्रमबीच वैदिक विधिबाट जिल्ला अदालत भवन उदयपुरको शिलान्यास गरेका हुन् ।

बाह्र कट्ठा आठ धुर जग्गा क्षेत्रफलमा फैलिएको जग्गामा करिब ८ सय १० मिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण सुरु भएको जिल्ला अदालत उदयपुरका तहसिलदार राजकुमार आचार्यले बताए । नेपाल सरकारको १६ करोड २२ लाख ५० हजारको बजेटमा बोलपत्र आह्वान भएकामा सिएमरकृष्णलक्ष्मी जेभी काठमाडौंको निर्माण कम्पनीले रु १३ करोड ४२ लाख ८१ हजार ९ सय २६ को बजेटमा नयाँ भवन निर्माण कार्य सुरु गर्न लागेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

भूकम्प प्रतिरोधात्मक निर्माणसहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै तीन तलाको भवन, दुईवटा लिफ्टसहितको एक सानो र अर्को ठूलो लिफ्टको व्यवस्था रहने जिल्ला अदालत उदयपुरले बताएको छ । यस्तै भवन निर्माणसँगै पाँचवटा इजालाससहितको चारवटा सामान्य इजालास र एक बालइजालास भवन कोठाको समेत व्यवस्था हुने भएको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...