गण्डकीमा ६२४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

636

गण्डकी । पछिल्लो २४ घन्टामा गण्डकीका ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी प्रेस विज्ञप्ति अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय ५६ पिसिआर परीक्षणमा ६ सय २४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

कास्कीका ३ सय ५६ जना, तनहुँका ३७ जना, गोरखाका २५ जना, लमजुङका ३ जना र नवलपुरका ४५ जना छन् ।

यस्तै, स्याङ्जाका ८६ जना, पर्वतका ६० जना, बाग्लुङका २ जना, म्याग्दीका ८ जना र मुस्ताङ जिल्लाका २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणबाट गण्डकीमा २४ हजार ५ सय ६ पुगेको छ । जसमध्ये ६ हजार ३३ जना सक्रिय संक्रमित अवस्थामा छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १ सय १२ जना कोरोनामुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार १ सय ८५ पुगेको छ।

मंगलबार गण्डकीमा थप १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट २ सय ८८ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...