कोरोना विशेष अस्पतालमा थप १० जना संक्रमितको मृत्यु

373

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत ती सबैको पछिल्लो २४ घन्टाको अवधिमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेहरुमा ८ जना पुरुष र २ महिला छन् ।

सूचना अधिकारी डा.गौतमका अनुसार रुपन्देहीकी ५१ वर्षीया महिला, प्युठानको गौमुखी–७ का ५० वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुष,रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुष र बुटवलका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी, रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिला, बुटवल–१७ का ७८ वर्षीय पुरुष, बुटवल–१२ का ६३ वर्षीय पुरुष, रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुष र कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेहरुको संख्या २ सय ८५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...