एमाले कास्कीका नेता शोभाखर भण्डारीको कोरोनाबाट मृत्यु

459

कास्की । नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (नेपाल समूह) शोभखर भण्डारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६३ वर्षीय भण्डारीको उपचारको क्रममा निधन भएको हो ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको उनको मणिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको जिल्ला अध्यक्ष (नेपाल समूह) धनराज आचार्यले जानकारी दिए ।

लामो समय नेकपा एमालेको सक्रिय राजनीति गरेका भण्डारी पछिल्लो समय प्रतिनिधिसभा विघटनपछि माधव कुमार नेपाल पक्षमा खुलेका थिए । नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा उनी जिल्ला उपाध्यक्ष चुनिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...