गण्डकीमा थप ६५३ जना संक्रमित, १३ जनाको मृत्यु

428

गण्डकी । गण्डकी प्रदेशमा सोमबार थप ६ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार १ सय ३३ जनामा गरिएको नमुना परीक्षणमा ६ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज गण्डकी अन्तर्गतका जिल्लाहरु कास्कीमा २ सय ९८, तनहुँमा २२, गोरखामा २२, लमजुङमा ३७ र नवलपुरमा ८६ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, स्याङ्जामा १५, पर्वतमा ५०, बाग्लुङमा ५८, म्याग्दीमा ६३ तथा मुस्ताङ र मनाङमा थप एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आज थपिएकासँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ८ सय ८२ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा गण्डकीबाट ३ सय ८ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा अहिलेसम्म १८ हजार ७३ जना कोरोनामुक्त भएका छन् ।

२४ घन्टामा गण्डकीमा थप १३ जनाको मृत्यु पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय ७६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...